बैतडी: बैतडीको शिवनाथ गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ ।शिवनाथ गाउँपालिकाको आयोजना तथा दलित समाज बिकास नेपालको शुक्रबारबाट तालिम सुरु भएको हो ।
जेठ २ गतेसम्म चल्ने तालिममा गाउँपालिका भित्रका ६ वटा वडाबाट २० जनाको सहभागिता रहेको छ । तालिममा समाजका प्रतिनिधिहरुले सहिजरकण गर्ने छन्
तालिममा सहभागीहरुलाई न्यायिक समितिमा आउने विवाद, विवाद समाधानमा मेलमिलाप कर्ताको भूमिका, न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप कर्ताको काम, कर्तव्य र भूमिका लगायतको बारेमा प्रशिक्षण गराइने गाउँपालिकाका न्यायिक समिती अभिलेख प्रशासक राज बहादुर चन्दले बताउनुभयो
तालिम उद्घाटन कार्यक्रममा बोल्दै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष एवंम न्यायिक समितिकी संयोजक सकुन्तला साउदले गाउँघरमा हुने सानातिना विवादहरु निष्पक्ष रुपमा गाउँ तथा वडास्तरमै मेलमिलाप गर्नका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम दिइएको बताइन्।
जटिल प्रकृतिका घटना बाहेक सामान्य घटनाहरु वडामै मिलाउनुपर्ने बताउँदै यसले सभ्य समाज निर्माणमा सहयोग पुग्ने उपाध्यक्ष साउदले जानकारी दिनुभयो ।










