spot_img

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

- Advertisement -

साउन १९ गते ।  हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी बिहीबारसम्म सामान्यतया मौसम बदली रही तराई तथा पहाडी क्षेत्रमा मध्यम र हिमाली क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान रहेको बताउनुभयो ।

“लगातार भन्दा पनि बिहीबारसम्म छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्छ । यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर भारी वर्षाको सम्भावना कमै छ”, उहाँले भन्नुभयो, “तपापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ ।”

उहाँका अनुसार आज दिउँसो प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली हुने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा आज राति साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम  र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img