spot_img

रास्वपा बैतडीको नेतृत्व सर्वसम्मत चयन, भीम नाथ जिल्ला सभापति

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
- Advertisement -

बैतडी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । पाटनमा सम्पन्न अधिवेशनले भीम नाथलाई जिल्ला सभापतिमा चयन गरेको हो ।

अधिवेशनबाट हेमन्तकुमार ऐर उपसभापति तथा हरिष जोशी सचिव पदमा पुनः चयन भएका छन् । त्यसैगरी जनकबहादुर गडाल सहसचिवमा चयन भएका छन् । कोषाध्यक्ष पदमा भने पछि मनोनयन गरिने जनाइएको छ ।

नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, प्रतिनिधि र कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

नवनिर्वाचित जिल्ला सभापति भीम नाथले पार्टीलाई जिल्लाभर थप सशक्त बनाउँदै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनसँगै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img