spot_img

बैतडीमा भिरबाट लडेर एघार जनाको मृत्यु

- Advertisement -

बैतडी, फागुन १० गते । घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन दिउँसो २ बजे सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर स्थानीय केशवसिंह महराकी श्रीमती दीपाको घटनास्थलमै मृत्यु भएको हो । मृतकका आफन्त एवं गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार जया घाँस काट्ने क्रममा तीन सय मिटर तल खस्नुभएको थियो । महराका श्रीमान् केशव रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ भने घरमा आठ महिनाका छोरा छन् ।

गत बिहीबार जिल्लाको पाटन नगरपालिका–८ स्थित आरुबाटा भिरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ । विद्यार्थीले भिरमा देखेपछि प्रहरीलाई खबर गरिएको र सो शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । पैदल हिँड्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ । बैतडीमा घाँसदाउरा काट्न गएका, बाटो हिँड्दा भिरबाट लडेर अकालमै ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या धेरै छ । चालु आर्थिक वर्षमा भिरबाट लडेर मृत्यु भएका ११ घटना प्रहरीकहाँ पुगेका छन् । योबाहेक धेरै सङ्ख्या प्रहरीमा नपुग्ने गरेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आव २०८१/८२ मा मात्रै भिरबाट लडेर ११ जनाको मृत्यु भएको छ । चालु आवमा प्रहरीमा खबर पुगेका मात्रै ११ जनाको भिरबाट लडेर तथा एक जनाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनुभयो ।

पुर्चौडी नगरपालिकामा एक महिला, सिगास गाउँपालिकामा एक पुरुष, दोगडाकेदार गाउँपालिकामा एक महिला, डिलासैनी गाउँपालिकामा एक महिला, पाटन नगरपालिकामा एक महिला, दशरथचन्द नगरपालिकामा दुई पुरुष, मेलौली नगरपालिकामा एक पुरुष, पन्चेश्वर गाउँपालिकामा एक पुरुष र सुर्नया गाउँपालिकामा दुई महिला गरेर सात महिला र चार पुरुषको मृत्यु भएको छ ।

यस्तै शिवनाथमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । “महिलाको घाँस काट्ने बेला लडेर मृत्यु भएको देखिन्छ । पुरुषहरूको भारी बोकिरहेका वा बाटो हिँड्दा भिरबाट खसेर मृत्यु भएको पाइएको छ,” उहाँले भन्नुभयो, “यस्ता घटना प्रायः भइरहे पनि प्रहरीकहाँ सबै आउँदैनन् ।”

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img