spot_img

वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई ‘वसुन्धराश्री’ पुरस्कार प्रदान गरिने

- Advertisement -

वैशाख ७ गते । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठान ले यस वर्षको ‘वसुन्धराश्री’ पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द लाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्री को अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्री का अनुसार आधुनिक कथा, नाटक तथा निबन्धमार्फत नेपाली साहित्यको समृद्धि र विकासमा विशिष्ट योगदान पुर्‍याएको तथा नेपाली भाषा–साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बनाउन महत्वपूर्ण भूमिका खेलेकाले चन्दलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

वि.सं. १९९७ मा बैतडीको कुर्कुटियामा जन्मिएका चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’ लगायत कृतिहरू प्रकाशित छन्। साहित्यिक योगदानसँगै उनी नेपालको राजनीतिमा पनि सक्रिय रहँदै पूर्वप्रधानमन्त्रीका रूपमा विभिन्न समयमा नेतृत्व सम्हालिसकेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img