spot_img

बसको ढोकाबाट खसेर एकजनाको मृत्यु

- Advertisement -

केशव भट्ट, बैतडी, फागुन २९ गते । बैतडीमा चलिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र. ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ पौने ५ बजेतिर बसको ढोकाबाट खसेर उहाँ घाइते हुनुभएको थियो ।

घाइते भट्टलाई तत्काल जिल्ला अस्पताल बैतडी पु¥याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको टाउकोमा चोट लागेको र कानबाट अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।

घटनामा संलग्न बस र चालक दशरथ महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img