spot_img

बैतडीमा स्याउला काट्न गएकी वृद्धाको भिरबाट लडेर मृत्यु

- Advertisement -

बैतडी पुस २गते ।स्याउला काट्न जंगल गएकी एक वृद्धाको भिरबाट लडेर ज्यान गएको छ। जिल्लाको मेलौली नगरपालिका–२ सलेना निवासी ७२ वर्षीया लक्ष्मी भट्टको मंगलबार भिरबाट खस्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्ने क्रममा उनी सोही स्थानको ल्वापा भिरबाट अचानक खसेकी थिइन्। गम्भीर घाइते अवस्थामा फेला परेकी भट्टको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img