spot_img

बैतडीकोमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

- Advertisement -

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब ३ः३० बजे पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ स्थित राताशिला क्षेत्रमा सडकबाट करिब २५ मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ निवासी ४४ वर्षीय देवसिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुर्घटनाका बेला ट्याक्टरमा चालकबाहेक अन्य कुनै व्यक्ति सवार थिएनन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img