back to top
Home नेपाल बैतडी प्रशासनमा ‘वन आवर सर्भिस’, एक घण्टाभित्रै नागरिकता

बैतडी प्रशासनमा ‘वन आवर सर्भिस’, एक घण्टाभित्रै नागरिकता

0
45

राहदानी लगायतका सेवा पनि उपलब्ध गरिने

बैतडी,असार ३१ गते । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ। प्रशासनले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गर्दै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने तयारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरू आवश्यक प्रक्रिया पूरा भएपछि सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराइने सुनिश्चित गरिएको छ।

प्रशासनले साउन १ गते दिउँसो १ बजे कार्यालय परिसरमा ‘वन आवर सर्भिस’को औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रममा सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ।

सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउन कार्यालयले क्यूआर (QR) आधारित नागरिक वडापत्र पनि सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले मोबाइलबाट क्यूआर स्क्यान गरी उपलब्ध सेवा, आवश्यक कागजात तथा सेवा प्राप्त गर्ने प्रक्रियाबारे सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी डा. भट्टराईले बताउनुभयो।

उहाँका अनुसार यस प्रविधिबाट सेवाग्राहीले कार्यालयबाट प्रवाह हुने सेवाबारे छिटो र सहज रूपमा जानकारी प्राप्त गर्ने तथा सेवा लिन लाग्ने समयसमेत घट्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here