spot_img

सहश्रलिङ्ग आविको २९ औं बार्षिकोत्सव सम्पन्न

- Advertisement -

सहश्रलिङ्ग आधारभुत विद्यालय पाटन बैतडीको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्बीर सिंह कोलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पाटन नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष राजेन्द्र सिंह विष्ट रहेका थिए । यस्तै बार्षिको उत्सव समारोहमा विशिष्ट अतिथि पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेय रहेका थिए भने विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रण बहादुर चन्दले बिधालयको ३२लाख ८९ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरेको थियो।

बिहीबार सम्पन्न भएको बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा नं ६का अध्यक्ष राजेन्द्र सिंह विष्टले बिधालयको चौतर्फि बिकासका लागि सामाजका अगुवा सबैले लाग्नु पर्ने र वडा ,पालिकाबाट पाउने बजेटमा विद्यालय क्षेत्रलाई विशेष प्राथमिकता दिने , आवश्यक सेवा सुविधाका लागि आफुले पनि नगरपालिका बाट सक्दो प्रयास गर्ने बताए ।

बार्षिकोत्सव कार्यक्रममा  विभिन्न सास्कृतिक कार्यक्रमको समेत प्रस्तुति रहेको सम्बादाता लबदेव अवस्थीले जानकारी दिए।  
- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img