बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ र गाउँपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि पहल शुरु गरेको शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।
मंगलबार पालिकाभित्रका ३९ ओटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग शैक्षिक गुणस्तर अभिवृद्धिका बिषयमा अन्तरक्रियात्मक छलफल हो।
मंगलबार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीको समेत उपस्थितीमा शैक्षिक गुणस्तर अभिवृद्धिका बिषयमा छलफल गरिएको बताउन भयो।
छलफलमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयहरुले भोग्नुपरेका चुनौती र आगामी दिनमा गर्न सकिने योजनाका बिषयमा जानकारी गराएका थिए।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि यस्ता खालका छलफलहरुले केही सहयोग पुग्नसक्ने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक रहेको बाशुदेब मावि लिस्कीटाका प्रधानाध्यापक जीत बहादुर पाण्डेले बताए ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएपछि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अपनाउन सकिने उपायका बारेमा अन्तरक्रियामा छलफल वहाँले बताउनुभयो ।
पालिकाले विद्यालयहरुमा निकासा गर्ने खर्च सम्बन्धित शीर्षकमै खर्च गर्नुपर्ने, कक्षाकोठामा शैक्षिक सामग्रीको भरपुर प्रयोग गर्नुपर्ने बिषयमा समेत अन्तरक्रियामा छलफल भएको छ ।
गाउँपालिकामा गरिएको छलफलमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले शिक्षा क्षेत्रको विकास भएमात्रै अन्य क्षेत्रको विकासमा टेवा पुग्ने भएकाले शैक्षिक गुणस्तर सुधार गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
शैक्षिक गुणस्तर सुधारका लागि सुर्नया गाउँपालिकाले गरेको प्रयासले शिक्षा क्षेत्र सुधारमा केही सहयोग पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताए ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि यो बर्षदेखि कक्षा ८को बोर्ड परीक्षामा केही नयाँ प्रयास गर्ने तयारी भएको शिक्षा शाखा प्रमुख टंक प्रसाद अबस्थीले बताए ।
यसैबीच सुर्नया गाउँपालिका वडा नं–६ स्थित शंकर संस्कृति मावि मूलखटालीको र वडा नं –५ स्थित रौलेश्वर मावि रामकी बरायलमा अनुगमन गरिएको छ ।










