spot_img

बैतडीमा प्रतिनिधि सभा निर्वाचनको तयारी सम्पन्न, २१५ मतदान केन्द्रमा कर्मचारी खटिए

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

वाशुलिङ बैतडी – आगामी बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा सम्पूर्ण तयारी पूरा भएको छ। जिल्लाका एक अस्थायी सहित २ सय १५ वटै मतदान केन्द्रमा मतपत्र तथा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीका अनुसार सबै मतदान केन्द्रमा कर्मचारी खटिएर अन्तिम तयारीमा जुटिरहेका छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीहरूले निर्वाचनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरिरहेका छन्।

मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, मुचुल्का उठाउने, सर्वदलीय बैठक आयोजना गर्ने तथा मतदानस्थल व्यवस्थापनजस्ता कामहरू तीव्र रूपमा अघि बढाइएको छ।

प्रतिनिधि सभाका लागि बैतडीमा एक मात्र निर्वाचन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने कुल मतदाता संख्या १ लाख ५६ हजार ३७२ रहेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाभर २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। जिल्लाका १० वटै स्थानीय तहमा नेपाली सेनाले बेस क्याम्प स्थापना गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी आवश्यकतानुसार परिचालन गरिएको प्रशासनले जनाएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img