spot_img

ऐतिहासिक वनारसी धाममा पुरातत्व विभागद्वारा अवलोकन

- Advertisement -

बैतडी:बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो दिएको छ ।
शुक्रबारमात्रै जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका छन् । वनारसी धाममा पुगेर यसको सांस्कृतिक र ऐतिहासिक बिशेषताको बारेमा जानकारी लिएको परियारले बताए ।

वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको परियारले बताए । वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसंग छलफल गरिएको उनले बताए ।

सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको बताउँदै अधिकृत परियारले यसको सभ्यता अध्ययनमा विभागले काम गर्ने बताए ।

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग समेत स्थापना गरिएको छ । परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यो मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।

१२ औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताए । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए ।

प्रसिद्ध वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन भव्य जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका स्थानीय गणेशदत्त पन्तले बताए । उनले भने,‘वनारसी धाममा दर्शन गर्नेको संख्या हरेक बर्ष बढ्दै गएको छ । धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।’

वनारसी धाम जात्राको भोलिपल्ट धाममा पुगेका पुरातत्व विभागका अधिकृत परियारले यो क्षेत्रमा अटुट संस्कृति रहेको आफूले पाएको बताए । उनले भने,‘वनारसी धाममा पुगेर यसका सरोकारवालाहरुसंग छलफल गरे । यहाँको संस्कृतिको बिषयमा बुझ्ने मौका पाए । विभागले संस्कृति संरक्षणको क्षेत्रमा पनि काम गर्ने भएकाले यो बिषयमा छिट्टै विभागलाई प्रतिवेदन पेश गर्नेछु ।’

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img