spot_img

बैतडीमा युवकद्वारा काकीको हत्या

- Advertisement -

केशव भट्ट, भदौ २२ गते । बैतडीको सिगास गाउँपालिका–२, पेडेगोदामा एक युवकले आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार सोही स्थानका ३० वर्षीय यज्ञसिंह धामीले आइतबार राति करिब ११ बजे आफ्नै काकी ३४ वर्षीया बेलमती धामीलाई घरभित्रै बन्चरो प्रहार गरी हत्या गरेका हुन् । घटनापछि प्रहरीको टोलीले तत्कालै उनलाई नियन्त्रणमा लिएको छ ।

हत्या हुने बेलमती एकल महिला रहेको र उनका चार छोरी तथा एक छोरा रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

हुलाकका अतिरिक्त कर्मचारी रहेका यज्ञसिंह हालै मात्रै कैलालीबाट घर फर्किएका थिए । उनी यही भदौ १९ गते घर आएका हुन् । आफन्त जयसिंह धामीका अनुसार घर फर्किएलगत्तै उनले आफ्नै आमामाथि समेत कुटपिट गरेका थिए । हत्याको कारण अहिलेसम्म खुल्न नसके पनि उनको मानसिक अवस्था सामान्य नरहेको आफन्तहरूले बताएका छन् ।

यज्ञसिंहकी पत्नी वैदेशिक रोजगारीमा रहेकी छन् । उनका एक छोरा र एक छोरी छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img