spot_img

बैतडीमा पहिरोले घर पुरिँदा एक बृद्धा घाइते, १३ पशुचौपाया मरे

- Advertisement -

बैतडी, भदौ १६। निरन्तर वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ।

आइतवार अपराह्न घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घरभित्र रहेकी ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको प्रहरी निरीक्षक तथा प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। उनको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ।

पहिरोले घरसँगै गोठमा रहेका १३ पशु पनि पुरिएका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसीको मृत्यु भएको प्रहरीले जनाएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा र अन्य धनमालसमेत पुरिएका छन्।

प्रहरीका अनुसार घटनाको बेला घरमा अन्य कोही नभएकाले थप मानवीय क्षति हुन पाएन। निरन्तर वर्षासँगै ढुङ्गा र माटो खसिरहेकाले उद्धार कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img