spot_img

दलहरूले  शिक्षकलाई प्रयोग गर्दा सार्वजनिक शिक्षा सुधार भएन : मन्त्री भट्टराई

- Advertisement -

कास्की : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताएकी छिन्। शिक्षा क्षेत्रमा राजनीति हाबी हुँदा शिक्षाको गुणस्तर खस्केको उनले बताइन्।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशको प्रथम प्रदेश परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै मन्त्री भट्टराईले राजनीतिक दलहरूले  सार्वजनिक विद्यालयका शिक्षकलाई प्रयोग गर्दा सार्वजनिक शिक्षामा सुधार आउन नसकेको गुनासो गरिन्। उनले छिट्टै शिक्षा विधेयक ऐन ल्याउने तयारी भइरहेको बताइन्।

शिक्षा विधेयक ल्याउन सार्वजनिक विद्यालयका शिक्षकको सहयोगको खाँचो  रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले यसबारे सरोकारवालासँग छलफल भइरहेको जानकारी दिइन्।

“शिक्षा विधेयक सकेसम्म यही हिउँदे अधिवेशनमा पेश गर्ने तयारीमा छौ”, उनले भनिन्। सार्वजनिक विद्यालयको भौतिक संरचना विस्तार गरिए पनि विद्यार्थी सङ्ख्या घट्दै जाँदा समस्या भएको उनको भनाइ थियो। 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img