spot_img

बैतडीमा २७ केन्द्रबाट ५३ सय बढी परीक्षार्थी एसइइ दिँदै

- Advertisement -

केशवराज भट्ट, बैतडी फागुन २४ गते । बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ । जिल्लाका २७ ओटा परीक्षा केन्द्रबाट ५ हजार ३ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
आउँदो चैत ७ गते देखि १९ गते सम्म सञ्चालन हुने एसइईका लागि नियमित र ग्रेडवृद्धि गरेर ५ हजार ३ सय ६२ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।
एसईईमा साधारणतर्फका नियमित २ हजार ११५ छात्रा र १ हजार ९७६ छात्र गरेर ४ हजार ९१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताउनुभयो ।
यस्तै प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र १ सय २० जना छात्र गरेर २ सय १६ जना परीक्षार्थी सहभागी हुने सूचना अधिकारी उहाँले बताउनुभयो। यस्तै ५ सय ८६ छात्रा र ४ सय ६९ छात्र गरेर १ हजार ५ जनाले ग्रेडवृद्धि परीक्षा दिने शर्माले बताउनुभयो ।
जिल्लामा यो बर्ष एसईई परीक्षा सञ्चालनका लागि २७ ओटा केन्द्र निर्धारण गरिएका छन् । प्राविधिक धारतर्फको परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालनका लागि जिल्ला सदरमुकाममै केन्द्र निर्धारण गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परिपत्र अनुसार यो बर्ष थप दुईओटा केन्द्र निर्धारण गरिएका शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बैतडीका प्रमुख अवस्थीले बताउनुभयो । प्राविधिक धारतर्फका परीक्षार्थीका लागि विरेन्द्र मावि शाहीलेक (ख) र ग्रेड वृद्धिका लागि विरेन्द्र मावि शाहीलेक (ग) केन्द्र तोकिएको छ ।
जिल्ला भरीमा १ सय २८ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयका परीक्षार्थीले एसईईमा सहभागिता जनाउने छन् ।
यस्तै निङ्गलाशैनी मावि देहीमाण्डौं, कृष्ण मावि पाटन, सनातनधर्म मावि श्रीकोट, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा मेलौली, दुर्गा मावि खलिगाड, विजयपुर मावि तितावै, सेटीगाउँ मावि ककरपाखा, ज्ञानेश्वर मावि विजयपुर, कुलाउँ मावि कुलाउँ, मणिलेक मावि गुरुखोला र दुर्गा मावि सिमारलाई केन्द्र निर्धारण गरिएको छ ।
यस्तै रौलेश्वर मावि रामकी बरायल, केदारनागार्जुन मावि बग्लेखान, खेती मावि तल्लादेही, शिक्षा केन्द्र अमर मावि धामीगाउँ, दशरथचन्द मावि सुन्दरखाली, लेकलुपुँड मावि गड, पहरौल मावि बागा, नेपाल राष्ट्रिय मावि ग्वानी, केदार मावि पिपलकोट, महेश्वरी मावि न्वाघर र नागार्जुन मावि शर्मालीलाई केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बैतडीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img