back to top
Home मुख्य समाचार जंगली जनावरको क्षतिले उखु खेती बर्षेनी घट्दै

जंगली जनावरको क्षतिले उखु खेती बर्षेनी घट्दै

0
71

बैतडी: बदेल र बादरबाट हुने क्षतिसंगै मिहनेत र लागत अनुसार फाईदा नहुदा बैतडीमा उखु खेती बर्षेनी घट्दै गएको छ ।

उखु खेती कम भएपछि जिल्ला का विभिन्न ठाउमा सजिलै पाईने गुडको उत्पादन घटेको हो । मंसिरदेखि नै स्थानिय बजारहरुमा (पााइने)आउने ‘बैतडीको गुड’ पछिल्लो समय पाउनै मुस्किल हुने गरेको छ।

बदेल र बाँदरले उखुबालीमा बढी क्षति पुर्याउन थालेपछि ग्रामीण भेगमा उखु खेती घटाएका हुन ।

गुड बनाउने भाडाकुडा, दाउरा, कोल लगायतका सामाग्रीको लागत बढेका कारण उखु खेती प्रभावित भएको कृषक देबराज भट्ट बताउछन् ।

पहरा बसेर बदेल र बादरबाट जोगाएको उखु उत्पादनबाट मिहनेत अनुसारको मूल्य नपाएको कृषकहरुको गुनासो छ । स्थानीय बजारमा गुड प्रतिकिलो २ सय ५० सम्ममा खरीद हुदै आएको छ ।
उखु पेल्ने मेसिनकोे मूल्य ७० देखि ७५ हजार पर्छ । गुड पकाउन प्रयोग गरिदै आएको तामाको भाडाको मुल्य अहिले ५० हजार घटी छैन । दाउराको प्रयोग बढी प्रयोग हुने भएकाले लगानी अनुसारको आम्दानी नहुदा उखु लगाउन छाडेको कृषक भट्ट बताउछन् ।

‘दिउसो बादर र राती बदेलको पहरा बसेर उखु जोगाउन मुस्किल हुन्छ, बचेको उखुको गुड सस्तोमै बेच्नुपर्छ । सुर्नया ४ का कृषक धौले भट्टले भने, ‘कच्चा पदार्थ र औजार महंगो पर्छ, भारतीय गुडको प्रतिष्पर्धाले मूल्य पाएका छैनौं ।

हिउदमा अन्य बाली नहुने हुदा जंगली जनावरबाट उखुमा क्षति बढी हुदै आएको छ । पहरा बसेर समेत उखु जोगाउन मुस्किल हुने कृषकहरु बताउँछन् ।

जिल्लाका सबैजसो गाउमा उखु खेती हुदै आएको छ । गोकुलश्वर, तल्लोस्वराड, पुरचौडी, सुर्नया र च्वागढ क्षेत्रमा गुड उत्पादन बढी हने गरेको छ । चिसो ठाउमा मंसिर र पुष महिना पेल्न सुरु हुन्छ । बेसीतिर चैतमा उखु पेल्ने चलन छ । समय मिलाएर तराई सरेकाहरु समेत तातो गुड खान पुख्र्यौली थलो र आफन्त कहा पहाड उक्लने गरेका छन् ।

परम्परागत कोलमा पेलेको उखुको रस ४देखि५ घण्टा तामाको भाडामा पकाएर गुड बनाउछन् । ‘गाउमा थोरैले मात्र खेती गर्छन्, उखुको उत्पादन घरायसी उपयोगमा सीमित भएको छ ।’ दशरथचन्द १ का कृषक महेन्द्र भट्टलेभने, ‘मेहनत र लगानी बढी हुने भएकाले उखु खेती गर्न समस्या छ ।’

स्थानीय गुडको बजार समस्या नभएपनि मिहनेत र जनावरको क्षतिका कारण उत्पादन नै हुन नसकेको कृषि कृषि ज्ञानकेन्द्र बैतडीले बताए । जिल्लामा २ सय ८० हेक्टरमा उखु खेती गरिदै आएको भएपनि ३ बर्षयता युवाहरू रोजगारीको लागि गाउँछोडेर बाहिर जानुपर्ने बाध्यता स्थानीय सरकार कृषि प्रति उदासीन हुदा खेती घटदै गईरहेको सुर्नया२ का अगुवा कृषक नरेन्द्र बिष्टले बताउन भयो।

‘व्यवसायिक उखु खेती छाडेर करेसाबारीमा सीमित भएको छ ।’ ज्ञान केन्द्र प्रमुख हरि दत्त जोशीले ‘जनावरको क्षतिसंगै फाईदा र जनशक्ति अभावले हरेक बर्ष खेती घट्न थालेको हो ।’ बैतडीमा प्रतिहक्टर १५ मेट्रिक टन उखु उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रका सुचना अधिकारी महेस पाण्डेले बताउनुभयो ।

स्थानीय गुडको सट्टामा भारतीय गुड सस्तोमा पाईन्छ । ग्रामीण भेगहरुको पैंचो, पर्म र विवाह ब्रतबन्ध जस्ता काममा गुड बाडेर सहभागी गराउने चलनपनि मिश्री र मिठाईले बिस्थापित गरेको छ । भारतीय गुड १० रुपैंया किलोमा बिक्रि हुन्छ । भारतीय गुड सस्तो हुदा स्थानीयको मूल्य बढाउन नसकेको कृषकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here