back to top
Home घटना बैतडीको सुर्नयामा मिनि ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

बैतडीको सुर्नयामा मिनि ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

0
198

केशवराज भट्ट, वासुलिङ(बैतडी) मङ्सिर १९गते ।जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

सुर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परी ट्रक चालकसमेत रहेका सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो।

खाली ट्रकमा चालक मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको बडुले जानकारी दिनुभयो ।

घटनाबारे स्थानीयले शुक्रबार बिहान करिब ८ बजे ट्रक सडकबाट खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनेबित्तिकै रौलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here