back to top
Home जीवनशैली बैतडी सहित सुदूरपश्चिममा उल्लासका साथ ‘ओल्के पर्व मनाइदै,

बैतडी सहित सुदूरपश्चिममा उल्लासका साथ ‘ओल्के पर्व मनाइदै,

0
107

केशव भट्ट, बैतडी ,भदौ १ गते । सुदूरपश्चिममा भदौ संक्रान्तिका दिन परम्परागत रूपमा ‘ओल्के’ पर्व धुमधामका साथ मनाउने चलन कायमै रहेको छ। बैतडी र आसपासका जिल्लाका बासिन्दाले टाढा रहेका आफन्तहरूसँग भेला भएर मिठा खानेकुरा आदान–प्रदान गर्ने परम्परा यस पर्वसँग जोडिएको छ।

स्थानीय दलित समुदायका सदस्यलाई अन्य जातिले सिजन अनुसारको खाद्यवस्तु उपहारस्वरूप दिने चलन रहेको सुर्नया–३ का स्थानीय राधेश्याम भट्टले बताउनुभयो । भट्टले भने, “यो पर्व धेरै पुरानो हो र भारतको उत्तराखण्ड क्षेत्रमा समेत मनाइन्छ। स्थानीय भाषामा उपहारलाई ‘ओल्के’ भनिन्छ।”

पर्वकै दिन गाईबस्तुको सुरक्षा र स्वास्थ्यको कामना गर्दै स्थानिय युवा–युवतीहरूले संयुक्त रूपमा ‘बुढी’ गाड्ने परम्परा छ। दसरतचन्द नगरपालिका–७ का देव दत्त जोशीले जानकारी दिनुभयो कि भदौमा गाडिएको ‘बुढी’ असोज संक्रान्तिमा जलाइने चलन रहेको छ। हिन्दु धर्मग्रन्थ अनुसार राक्षस पुतनालाई भगवान कृष्ण्ले मारेको उत्सवसँग जोडिएको यो विधि अनुशार पर्व मानाइन्छ।

स्थानिय गोठालाहरू र गाईबस्तु हेरचाह गर्नेहरूले साना रुख काटेर दोबाटोमा ‘बुढी’ गाड्ने र असोज संक्रान्तिमा कांडादार घाँसको राक्षस आकृतिको पुतना जलाउने चलन छ। यसरी पशु र घरधुरीलाई बन्यजन्तुको आक्रमण र रोगबाट जोगाउने धार्मिक विश्वासले यो पर्व मनाइने गरेको पाटन नगरपालिका–१० का नारायण दत्त भट्टले बताउनुभयो ।

पाटन बहुमुखी क्याम्पसका सह-प्राध्यापक लक्ष्मीदत्त पाण्डेयले भने, “भदौ संक्रान्तिका बेला वर्षा बढी हुने र खोला–नाला ठूला नदीलाई उपहारको रूपमा पानी दिने भएकाले यसलाई ‘ओल्के संक्रान्ति’का रूपमा मनाउने परम्परा छ।”

सांस्कृतिक गतिविधिहरूमा पनि यो पर्व विशेष रहन्छ। भदौ संक्रान्तिका दिन पाटनमा कुमाल जातिले परम्परागत नाच प्रदर्शन गरेका थिए। उदयदेव मन्दिरमा देखाइएको नाच–गानमा देउता, धामी, पुजारी र स्थानीय ठूला बडालाई व्याङ्ग्यात्मक रूपमा गाली गर्ने परम्परा रहेको छ। स्थानीय किरण चन्दले भने, “कुमाल जाति अन्य समयमा मन्दिरभित्र प्रवेश नगरेपनि संक्रान्तिका दिन सहजै मन्दिर परिसरमा प्रवेश गर्छन्।”

इतिहास अनुसार डोटी राज्यमा नागी मल्लको शासनकालमा भट्ट थरबाट दलित बनाइएको कुमाल समुदायका अगुवाहरूको भनाइ यस पर्वसँग अझ प्रस्टसँग जोडिएको पाइन्छ।

ओल्के पर्वकै अवसरमा प्रदेशसरकारले आईतबार सार्वजनिक बिदा समेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here