spot_img

बिसु मनाउन घर फर्कनेको नाकामा भीड

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी चैत २४ गते । नयाँ वर्ष नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रका भारतीय नाकामा चहलपहल बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ ।
बिसु मनाउन भारतबाट घर फर्किरहेका नेपालीका कारण बैतडीको झुलाघाट, दार्चुलाको दत्तु, खलंगालगायतका नाकामा चहलपहल बढेको झुलाघाटका व्यापारी हरिदत्त जोशीले बताउनुभयो । भारतको उत्तराखण्डमा पनि वैशाख १ गते बिसु पर्वका रुपमा मनाउने चलन नाकाका व्यापारी जोशीले बताउनुभयो । झुलाघाट नाका भएर सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, डडेलधुरासहित कर्णाली प्रदेशका मुगु, हुम्ला, कालीकोटलगायतका बासिन्दा पनि फर्किरहनुभएको छ । बझाङको बित्थडचिर गाउँपालिका २ का रामसिंह धामी गाउँलेहरुसँगै शनिबार बैतडीको झुलाघाट नाका हुँदै घर फर्किनुभएको छ । गत जेठमा कामको खोजीमा भारतको हिमांचल प्रदेशमा पुग्नुभएका बैतडीको सूर्नया गाउँपालिका ८ का ६० वर्षका गम्भीर बोहरा आफुहरु बिसुका लागि घर फर्केको बताउनुभयो । दसैंतिहार भन्दा बिसु र गौरा पर्व मुख्य चाँडका रुपमा मनाउने गरेको बोहराले बताउनुभयो । सुदूरपश्चिममा दसैंलाई पूजाआजा तथा नवरात्रीको रुपमा मात्रै मनाउने परम्परा रहेको बोहराले बताउनुभयो ।
पोहोर साल नयाँ वर्षमा बिसु मनाएर मजदुरीका लागि भारत पसेकाहरु झुलाघाट नाकाबाट घर फर्किरहेको झुलाघाटका अर्का व्यापारी तिलकबहादुर चन्दले बताउनुभयो ।
दश÷बाह्र बर्षअघिसम्म पनि संचारको सुविधा नभएका बेला कामको सिलसिलामा बाहिर रहेकाहरु नयाँ वर्षमा बिसु पर्व मनाउन घर नफर्किए मृत्यु भइसकेको अड्कल गरिने हुँदा चाँड मनाउन चैतको अन्तिम दिनसम्म घर पुग्नैपर्ने मान्यता रहेको सूर्नया गाउँपालिका ८ का भानसिंह बोहराले बताउनुभयो । त्यतिबेला कतिपयले वर्षदिन चाँड बिसु मनाउन घर नआए मृत्यु भइसकेको विश्वासमा काजकिरिया समेत गर्ने गरेको बझाङको बुंगल नगरपालिका ४ का नागीसिंह बोहराले बताउनुहुन्छ । ‘बिसुमा घर नआए मृत्यु भएको विश्वास गर्थे । कमाएर ल्याउन नसके पनि परिवारमै नयाँ वर्ष मनाउने पुरानै चलन हो,’ बोहराले भन्नुभयो । यतिबेला घर फर्किनुभएकाहरु धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका बोहराले बताउनुभयो ।
गाउँघरमा रोजगारीको अवसर नहुँद गुजारा चलाउन भारतपस्नु पर्ने पुस्तैनी बाध्यता रहेको उहाँसँगै आएका जयसिंह बोहराले बताउनुभयो । सडक, बाटोघाटो जस्ता विकासका काममा डोजर जस्ता मेसिन र उपकरणको प्रयोग हुन थालेपछि सामान्य मजदुरले गाउँमा काम पाउन छाडेको दुई वर्षपछि भारतबाट घरफर्किरहनुभएका जयसिंहले गुनासो गर्नुभयो । गाउँमा आम्दानीको स्रोत नभएपछि कतिपय त बालबच्चासहित कामको खोजीमा भारत जाने गरेका छन् । पाखो बारीको उब्जनीले तीन महिना खान नपुग्ने भएकाले परिवारसहितै भारत पस्नुपरेको उहाँहरु सुनाउनुहुन्छ । सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बझाङ, बाजुराबाट मजदुरीका लागि भारतको उत्तराखण्ड, हिमांचल, दिल्ली, मुबम्इलगायतका सहर पस्ने गरेका छन् । रोजगारीको परम्परागत गन्तब्य भारतमा कष्टकर जिवनयापन गर्नुपरेको दुखेसो उहाँहरुले सुनाउनुभयो । ‘गाउँमा काम पाइदैन, गाली सहेर पनि भारत पस्न बाध्य छौं ।’ बित्थडचिर १ का झुसे बोहराले भन्नुभयो, ‘पाखोबारीमा उब्जनी हुँदैन, वर्षमा आधा समय भारत नपसी हातमुख जोर्ने समस्या हुन्छ ।’ चैतको दोस्रो सातादेखि नै नवरात्रीका लागि घर फर्कनेको संंख्या बढ्दै आएको हो । चैतको नवरात्रीमा यहाँका मन्दिरहरुमा पूजाआजा तथा जात्रा चलिरहेको छ । नयाँ वर्षकै दिन वैशाख १ गते पनि केदार, सिगासलगायत कतिपय मन्दिरमा पूजा लाग्ने गरेको छ । एक हप्तादेखि दैनिक तीन सय जना हाराहारी भारतबाट फर्किरहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले जनाएको छ । नाकामा भित्रिनेको संख्या बढेसँगै झुलाघाटदेखि चल्ने सवारीसाधनको संख्या पनि बढेको छ । व्यवसायीले झुलाघाटबाट बैतडी बिभिन्न गाउँसहित बझाङ, डडेलधुरा, दार्चुलासम्म जिप सेवा संचालनमा ल्याएका छन्

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img