spot_img

बैतडीमा एसईईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

- Advertisement -

केशवराज भट्ट, वाशुलिङ्ग,बैतडी, चैत्र २० गते ।माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धारतर्फ अंग्रेजी विषयको परीक्षामा उक्त संख्यामा परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो ।

नियमिततर्फ १ हजार ८ सय ५५ छात्र र १ हजार ८ सय ७३ छात्रा गरी ३ हजार ७ सय २८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेको प्राविधिक सहायक रामचन्द्र भट्टले बताउनुभयो ।

ग्रेडवृद्धितर्फ २ सय ५६ छात्र र ३ सय ७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी रहेकामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ७६ छात्र र ८१ छात्रा गरी १ सय ५७ जनाले सहभागिता जनाएका छन् ।

अनुपस्थित हुनुमा बेरोजगारी प्रमुख कारण रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभएको छ।
उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ ज्याला मजदुरी गर्न जाने गरेका कारण परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था रहेको छ।

यसबाहेक कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक तथा सामाजिक कारणले स्थानान्तरण हुनेजस्ता अवस्थाले पनि परीक्षार्थीको सहभागिता घटाएको उहाँको भनाइ छ। यस्ता विभिन्न कारणले हरेक वर्ष एसईईमा अपेक्षित उपस्थिति नदेखिने गरेको अवस्थीले उल्लेख गर्नुभयो।

यस्तै प्राविधिक धारतर्फ १ सय ८ छात्र र ९७ छात्रा गरी २ सय ५ परीक्षार्थी रहेकामा एक छात्र अनुपस्थित रहेको जनाइएको छ। प्राविधिक धारका विद्यार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थीका लागि जिल्लाभर २५ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष बैतडीमा कुल ४ हजार ५ सय ५१ परीक्षार्थी सहभागी रहेका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो ।

जिल्लाभर एसईई परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img