बैतडीमा लागू औषध नियन्त्रणको माग गर्दै, स्ववियुद्वारा ज्ञापन पत्र

- Advertisement -

केशव भट्ट,बैतडी चैत १६ गते । बैतडीमा लागू औषध नियन्त्रणको माग गर्दै जगन्नाथ बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्ववियु अध्यक्ष रोशन भट्ट को नेतृत्वमा गएको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रमा लागू औषधका कारण युवापुस्तामा नकारात्मक असर बढ्दै गएको उल्लेख गर्दै भारतसँगको खुला सीमामा कडाइ गर्नुपर्ने माग गरिएको छ ।

साथै प्रमुख बजार क्षेत्रमा नियमित गस्ती, लागू औषध कारोबारमा संलग्न गिरोहलाई कानुनी कारबाही, औषधी पसलको अनुगमन र शैक्षिक संस्थाको आसपास सूर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउनुपर्ने माग गरिएको छ ।यस्तै लागू औषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले लागू औषध नियन्त्रणका लागि प्रशासन सक्रिय रहेको प्रतिक्रिया दिएको स्ववियुले जनाएको छ ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश