spot_img

बैतडीमा आमाबुवा गुमाएका पाँच बालबालिकाको विचल्ली

- Advertisement -

केशव भट्ट,बैतडी,भदौ २९गते।
बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच बालबालिका विचल्ली अवस्थामा पुगेका छन् ।

भदौ २२ गते राति बेलमती धामीको भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरी काकी बेलमतीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चार वर्षअघि जण्डिस रोगका कारण श्रीमान गुमाएकी बेलमती समेत अब जीवित नरहेपछि आमा–बुबा दुवै गुमाएका बालबालिकाको अवस्था दयनीय बनेको स्थानीय गजेन्द्र धामिले बताएका छन् ।

“बेलमतीको मृत्यु भएपछि बालबालिकाहरुको विचल्ली भएको छ, उनीहरुको घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन,” मृतक बेलमतीका आफन्त केशव बिष्टले जानकारी दिनुभयो ।

स्थानीय सूर्यबहादुर बोहराका अनुसार घरको साहारा गुमेपछि बालबालिकालाई सम्हालिन गाह्रो भएको छ । पीडित बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिएको र संकलित रकम उनीहरूकै पालनपोषणमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।

मृतक बेलमतीकी जेठी छोरी हाल कक्षा ९ मा अध्ययनरत छिन् । बाँकी तीन बहिनी र एक भाइको पालनपोषणको जिम्मा पनि अहिले उनको काँधमै आएको छ । परिवारमा देखिएको समस्याबारे वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकाको उद्धार तथा सहयोगका लागि सबैलाई आह्वान गरेका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img