spot_img

कोणधारी वनको काखमा अटल आस्था: बैतडीको बाशुलिङ्ग मन्दिर संरक्षणको प्रतीक्षामा

- Advertisement -

केशवराज भट्ट, सुर्नया गाउँपालिका बैतडी,असार १गते । धार्मिक विश्वास, सांस्कृतिक समरसता र प्राकृतिक सम्पदाको अनुपम संगम बोकेको ऐतिहासिक बाशुलिङ्ग मन्दिर सुदूरपश्चिमको एक अमूल्य धरोहर हो,। जुन सुर्नया गाउँपालिका वडा नं २ र ३ को तडिगाउँ, ग्वानि, लिस्कीटा, डुङ्गरी, गोयली, कलौन, चिल्लेपानि, बाँस लगायतका कयौं गाउँका समुदायसँग गहिरो रूपमा गाँसिएको छ। तर, संरक्षण र प्रवर्द्धनको अभावमा यो सांस्कृतिक र पर्यावरणीय सम्पदा बिस्तारै ओझेलमा पर्दैछ।

झण्डै पाँच सय वर्ष पुरानो देवदारको कोणधारी जङ्गलको काखमा अवस्थित बाशुलिङ्ग मन्दिर शिवरूपी देवताको शक्तिशाली निवासस्थलका रूपमा स्थापित छ। स्थानीय मान्यताअनुसार, यो मन्दिर बैतडीकै एक अत्यन्त शक्तिशाली तीर्थस्थल हो। यहाँका देवदार (स्थानीय भाषामा ‘द्यार’) का अग्ला वृक्षहरू धार्मिक दृष्टिले पवित्र मानिन्छन्, जसको काठ प्रयोग त परै जाओस्, छोएको पनि राम्रो मानिँदैन।

स्थानीय वृद्ध हरिदत्त भट्ट भन्छन्, “यी रूखहरू काट्न त के, छोए मात्र पनि पाप लाग्छ भन्ने मान्यता छ। यो देवता बस्ने वन हो।” वहाँले भन्नुभयो।यस मन्दिरमा पुजारी धर्मानन्द भट्टले दशकौँदेखि पूजापाठ गरिरहनु भएको छ। पुजारी भट्टका अनुसार, श्रद्धा र विश्वासका साथ यहाँ पूजाअर्चना गर्नेहरू आफ्नो मनोकामना पूरा भएको अनुभव सुनाउँछन्।वहाँले भन्नुभयो।

जेष्ठ नागरिक गणेशदत्त भट्ट भन्छन्, “बाशुलिङ्ग मन्दिर जात–जाति मिलाउने साझा थलो हो। यहाँ कुनै भेदभाव हुँदैन। औँसी, पूर्णिमा, शिवरात्रि जस्ता तिथिमा सबै जात समुदाय एकै ठाउँमा पूजा गर्छन्।”धार्मिक पर्यटनको अपार सम्भावना:यति पुरानो मन्दिर, यति प्राचीन वन, यति समावेशी धार्मिक संस्कृति — यी सबै विशेषताले बाशुलिङ्ग क्षेत्रलाई धार्मिक तथा पारिस्थितिक पर्यटनको एक आदर्श गन्तव्य बनाउन सक्छ।

स्थानीय युवा बिनोद भन्छन्, “मन्दिरको समग्र विकासका लागि अहिलेसम्म थुप्रै समितिहरू बने, तर कुनै स्थायी काम भएन। अहिले हामी युवाहरू मिलेर नयाँ समितिको पहल गर्दैछौं।”
नयाँ समिति धार्मिक मेला, पर्यावरणीय पदयात्रा र संस्कृतिपरक कार्यक्रममार्फत आर्थिक र सांस्कृतिक पुनर्जागरणको योजना अघि सार्दैछ।उनले भने।

वनको मौन चिच्याहट र बेवास्ता:यस्तो महत्वपूर्ण सम्पदामा अतिक्रमण, चरिचरन, डढेलोको खतरा, र आधुनिक संरचनाको अनियन्त्रित विकासले बाशुलिङ्ग क्षेत्रको मौलिकता संकटमा परेको स्थानीय समाजसेवी देब बहादुर चन्द बताउँछन् ।धार्मिक अगुवा लव देव भट्ट भन्छन “अब यस्ता स्थललाई विद्यालयको पाठ्यक्रममै समेट्नुपर्छ। बच्चाहरूलाई आफ्नो संस्कृति र माटो चिन्न दिनुपर्छ।”

सम्पादकीय टिप्पणी:बाशुलिङ्ग मन्दिर र त्यसको कोणधारी वन केवल ऐतिहासिक र धार्मिक सम्पदा होइन, पारिस्थितिक सन्तुलन र सामुदायिक एकताको प्रतीक हो। तर दुर्भाग्यवश, संरक्षणको दृष्टिकोणले न राज्यले पहल लिएको छ, न स्थानीय तहले दीर्घकालीन योजना ल्याएको देखिन्छ। यदि आजैबाट सहकार्यमा संरक्षण अभियान सुरु गरिएमा बाशुलिङ्ग क्षेत्र सुदूरपश्चिमकै गौरवपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img