back to top
Home घटना बैतडीमा बसको ठक्करबाट एक जनाको मृत्यु

बैतडीमा बसको ठक्करबाट एक जनाको मृत्यु

0
80

बैतडी, असोज १४  गते। दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेट नजिकै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

महाकाली यातायातको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसले सोमबार दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

देहिमाण्डौ मेला हेरेर घर फर्किंदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको बसले ठक्कर दिएको प्रहरीले जानकारी दिएको हो।

घटनाबारे थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here