back to top
Home घटना बैतडीमा ईभी दुर्घटना, दश जना घाइते

बैतडीमा ईभी दुर्घटना, दश जना घाइते

0
76

बैतडी– बैतडीमा आज दिउँसो साढे २ बजेतिर एक ईभी (इलेक्ट्रोनिक भ्यान) दुर्घटनाग्रस्त भएको छ ।

धनगढीबाट बैतडीको पुर्चाैडी हाटतर्फ गइरहेको ना ०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया–७ भञ्ज्याङमा दुर्घटनामा परेको हो ।
उक्त इभीमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । घाइते मध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको उनले बताए । 

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ बर्षीय भुवन साउँद, २८ बर्षीया यशोदा साउँद, ५ बर्षीय कोबित पन्त, २८ बर्षीया पवित्रा पन्त,१९ बर्षीय नरेश बोहरा २८ बर्षीया वसन्ती अवस्थी र १७ बर्षीय विकास साउँद रहेका छन् । 
यस्तै पुर्चौंडी नगरपालिका –४ का १९ बर्षीया कमला धानुक, सोही ठाउँका २२ बर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ बर्षीया सावित्री धामी पनि घाइते भएका छन् । 

घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक बडूले बताए । 

इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इभी सडकबाट करीब २५ मिटर तल खसेको बताइएको छ । घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले आवश्यक अनुसन्धान भइरहेको र थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here