spot_img

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

- Advertisement -


बैतडी फागुन ४ गते। घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ डबराली टाकका केशव सिंह महराकी श्रीमती २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो २ बजेको समयमा सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर महराको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त एवं सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले जानकारी दिनुभयो ।

घाँस काट्ने क्रममा लडेकी महरा अन्दाजी तीन सय मिटर तल खस्नुभएको थियो । उहाँको टाउको र खुट्टामा गम्भिर चामेट लागेको घटनास्थलमा रहनुभएका स्थानीय प्रताप महराले बताउनुभयो । उहाँका अनुसार मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ भने घरमा ८ महिने छोरा छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img