spot_img

मातातीर्थ औँसी: आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै देशभर मनाइँदै

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी वैशाख ४ गते । आज मातातीर्थ औँसीका अवसरमा देशभर आमाप्रति श्रद्धा र सम्मान प्रकट गर्दै पर्व मनाइँदै छ । हरेक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन मनाइने यस पर्वमा आमाको मुख हेर्ने, मिठा परिकार खुवाउने तथा उपहार प्रदान गरी आशीर्वाद लिने परम्परा रहेको छ ।

आमा हुनेहरूले आमालाई सम्मानसहित विशेष सत्कार गर्ने गर्छन् भने आमा नभएकाहरूले तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमाको स्मरण गर्ने चलन छ ।

वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् र प्रिय हुने उल्लेख गर्दै आमा र जन्मभूमिको महत्त्व दर्शाइएको छ ।

यस अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गरेको छ । विशेषगरी काठमाडौँस्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img