spot_img

अमेरिकामा गोली हानी इजरायली दूतावासका दुई कर्मचारीको हत्या

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

८ जेठ, काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहुदी संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीलाई गोली हानी हत्या गरेको छ ।

अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले उक्त घटनाको पुष्टि गरेका छन् । आक्रमणमा परी एक जना पुरुष र एक जना महिला कर्मचारीको मृत्यु भएको हो । आक्रमणको समयमा दुवै जना यहुदी संग्रहालय बाहिर थिए ।

गोलीबारी स्थानीय समय अनुसार राति ९ बजेको आसपास भएको थियो । धेरै पर्यटक स्थल, संग्रहालय तथा सरकारी भवनहरू भएको क्षेत्रमा गोलाबारी भएको हो ।

रिपोर्टका अनुसार गोलाबारीको समयमा संग्रहालयमा आयोजित एक कार्यक्रममा इजरायली दूतावासका धेरै कर्मचारीहरू सहभागी थिए ।

सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न अपराधीलाई कानुनी कठ्घरामा ल्याएर पीडित परिवारलाई न्याय दिनेछौं ।

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई ‘यहुदी विरोधी आतंकवादको कार्य’ भएको बताएका छन् ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img